
२५ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरू भागेका छन् ।
७२ जना भागेकामध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ । १ जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् ।
सुधार केन्द्रका प्रमुख प्रदीप गौतमका अनुसार सुधार केन्द्रमा ९४ जना बस्दै आएका थिए ।
२२ जना बालकहरू भने सुधार गृहमै बसेको जनाइएको छ ।
गौतमका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् ।
फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए ।
सुधार गृहको गेट बाहिर अभिभावकहरू आएपछि ढुंगामुढा भएको उनले बताए ।
बाहिरबाट अभिभावकहरूले ढुंगामढा गरेपछि बालबन्दीहरूले भित्र तोडफोड गरेर भागेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4