
२५ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मोरङले कर्फ्यु आदेश जारी गरेको छ ।
बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले एक विज्ञप्ति जारी गर्दै जिल्लाभरी कर्फ्यु आदेश जारी भएको जानकारी गराएका छन् ।
अत्यावश्यक बाहेकका सवारी साधन आवतजावत, सभा, जुलुस, भेला जस्ता कार्य गर्न नपाउने जारी विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4