
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ।
२५ भदौं, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो ।
समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ६१ जना घाइते उपचाररत छन् ।
मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र त्रिवि शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको छ ।
त्यस्तै काठमाडौ बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
काठमाडौ बाहिरका धेरै सहरहरुमा जेनजीहरुले प्रदर्शन गरेका थिए । त्यसविरुद्ध सरकारले दमन गरेको थियो ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
प्रहरीले न्युनतम संयमता पनि गुमाएर प्रदर्शनकारीमाथि आक्रमण गरेको थियो । त्यसक्रममा निजामती अस्पतालभित्रै पसेर प्रहरीले आन्दोलनकारीमाथि आक्रमण गरेको थियो। डाक्टरहरुलाई समेत अश्रु ग्यास लागेको थियो ।
प्रतिक्रिया 4