
News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरका सञ्चारकर्मीहरूले जेनजी आन्दोलनका क्रममा हेटौंडामा सडकमा थुप्रिएको फोहोर सफा गरेका छन्।
- आन्दोलनकारीले सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्दा सडकमा धुवाँ, रबरका टुक्रा र अन्य फोहोर थुप्रिएको थियो।
- पत्रकार पोष्टराज अधिकारीले फोहोरले सर्वसाधारणको आवागमन प्रभावित भएकोले सफाइ गरिएको जानकारी दिनुभयो।
२६ असोज, हेटौंडा। जेनजीहरूको आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि सडकमा थुप्रिएको फोहोर पत्रकारले सफा गरेका छन्।
मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरू फोहोर सफा गरेका हुन्।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा मंगलबार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तोडफोड सडकमा ल्याएर आगजनी गरेका थिए।
आन्दोलनकै क्रममा टायर बाल्दा निस्किएको धुवाँ, जलेर बाँकी रहेका रबरका टुक्रा, प्लास्टिक, काठ तथा अन्य सामग्री सडकमा थुप्रिएका थिए। तिनले सर्वसाधारणलाई समेत आवागमन प्रभावित बनाएकाले सरसफाइ गरेको पत्रकार पोष्टराज अधिकारीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4