+
+
Shares

राष्ट्रपतिलाई कांग्रेसको सन्देश : संविधानले चिन्ने गरी कदम चालिओस्

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १५:४४

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले वर्तमान परिस्थितिको निकासका लागि जे कदम चाल्ने हो त्यसलाई संविधानले चिन्ने गरी चाल्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ ।

यस्तो सन्देश राष्ट्रपतिलाई दिइएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । ‘जे कदम चाल्ने हो त्यसलाई संविधानले चिन्नुपर्छ । यदि गैर सांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउने हो भने संविधानको अंग बनाउन सकिन्छ’ राष्ट्रपतिलाई दिएको सन्देशबारे ती पदाधिकारीले भने ।

उनका अनुसार प्रतिनिधि सभाभित्रकै कोही सदस्य प्रधानमन्त्री भएर अगाडि जान सक्ने परिस्थिति बने त्यसअनुसार अगाडि बढ्न सकिने सुझाएको छ ।

उनका अनुसार होइन संसद बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउने हो भने संविधानले चिन्ने बनाउन सकिन्छ ।

‘संसद बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउने हो भने राष्ट्रपतिले नियुक्त गर्न सक्छन् । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेपछि संसद् बैठक बोलाउने र सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् ।’

उनका अनुसार ‘राष्ट्रपतिले संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाएको खण्डमा सभामुखले संसदलाई त्यसबारे जानकारी दिएपछि सभामुखले नै विशिष्ठ परिस्थितिमा संसद बाहिरका व्यक्ति समेत निश्चित उदेश्यका लागि प्रधानमन्त्री बन्न सक्ने गरी संविधानमा संक्रमणकालीन धारा थप गर्ने गरी प्रस्ताव गर्नेछन् ।’

संविधानमा नै संसदले प्रधानमन्त्री बनाउन नसकेको वा नसक्ने परिस्थितिमा निश्चित उदेश्यका लागि संसद बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको प्रस्ताव राखेपछि त्यसलाई अहिलेको परिस्थितिमा सबै राजनीतिक दलले समर्थन गर्ने कांग्रेसको विश्वास छ ।

‘अश्र दलमा छलफल भइरहेको होला । अन्तरपार्६ी छलफलमा समेत यो विषय आएको छ’ अन्तरपार्टी छलफलमा संलग्न एक  नेता भन्छन्, ’ अन्तरपार्टी छलफलमा संलग्न एक  नेता भन्छन्, ‘अरु दलले पनि समर्थन गर्छन भन्ने विश्वास छ । कांग्रेसले त समर्थन गर्ने नै छ ।’

राष्ट्रपतिलाई यस्तो सन्देश पठाउनु अगाडि पार्टी नेताहरूबीच छलफल भएको  कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसका शीर्ष नेताहरूको निष्कर्ष समेतका आधारमा महामन्त्रीद्धय थापा र शर्माले संयुक्त विज्ञप्ति निकालेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि देशलाई संवैधानिक दायराबाटै निकास दिन सकिने विश्वास व्यक्त गरेका छन् ।

वक्तव्य निकालेर उनले संवैधानिक दायरामा रहेर शान्ति र सुव्यवस्थाका लागि विमर्श गरिरहेको राष्ट्रपति पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?