+
+
Shares

भाटभटेनी तोडफोडमा संलग्न कालिका मानवज्ञानका शिक्षक जिम्मेवारीबाट मुक्त

गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा भएको अनियमिततामा संलग्नता देखिएको भन्दै विद्यालयले जिम्मेवारीबाट हटाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १७:५९

२८ भदौ, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई जिम्मेवारीबाट हटाइएको छ ।

गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा भएको अनियमिततामा संलग्नता देखिएको भन्दै विद्यालयले जिम्मेवारीबाट हटाएको हो ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले सूचना जारी गर्दै उनलाई कारबाही गरिएकोबारे जानकारी गराएका छन् ।

‘जेनजीको प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागि भई बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरित कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागु हुने गरी विद्यालयबाट हटाइएको व्यहोरा जानकारी गरिन्छ,’ विद्यालयले जारी गरेको सूचनाका क्रममा भनिएको छ ।

जेनजीहरूको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा पनि तोडफोड र लुटपाट भएको थियो । देशका विभिन्न ठाउँमा अवस्थित भाटभटेनी सुपरमार्केटमा आगजनी तथा तोडफोड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?