+
+
Shares

सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले सुरक्षार्थ ब्यारेकमा लगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १८:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले जेनजी आन्दोलनपछि नियन्त्रणमा लिएका निवर्तमान मन्त्रीहरुलाई भैरवनाथ गणबाट छोड्न थालेको छ।
  • सेनाले सुरक्षाका लागि नियन्त्रणमा लिएका मन्त्रीहरुको मोबाइल चलाउन रोक लगाएको थियो।
  • सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएका मन्त्रीहरुलाई मोबाइल चलाउन दिइएको थियो।

२८ भदौ, काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले सुरक्षार्थ ब्यारेकमा लगेको थियो ।

सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो ।

त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले आज छोडेको छ ।

सुरक्षाका लागि भनेर सेनाले ब्यारेकमा राखेकाहरूलाई मोबाइल चलाउन रोक लगाएको थियो ।

तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो ।

आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?