
२९ भदौ, काठमाडौं । इजरायलले गाजा शहरमा आक्रमण तीव्र पारेको छ । एकपछि अर्को हमलाका कारण ठूला बिल्डिङ, अपार्टमेन्ट भग्नावशेषमा परिणत भएको छ ।
यो ताजा आक्रमणले आम नागरिक विस्थापित हुने क्रम झन् बढेको छ ।
यसअघि इजरायलले गाजा शहर क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई शहर तत्काल छाड्न चेतावनी दिएको थियो । किनकी उसले आक्रमण गर्ने तयारीबारे पहिल्यै जानकारी दिएको थियो ।
यो चेतावनीपछि साढे दुई लाख मानिसहरुले गाजा शहर छाडेर दक्षिणतर्फ गएको इजरायल डिफेन्स फोर्स अर्थात् आईडीएफले शनिबार जानकारी दिएको थियो । त्यसपछि आफूले आक्रमण थालेको आईडीएफले दाबी गरेको छ ।
इजरायल डिफेन्स फोर्सले के पनि दाबी गरेको छ भने आतंकवादीहरुले प्रयोग गर्दै आएको एक अग्लो भवन पनि ध्वस्त पारेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा शहर हमासको अन्तिम अखाडा भएकाले आक्रमण गरेको बताएका छन् । इजरायलले गरेको यो आक्रमणको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरिरहेका छन् ।
प्रतिक्रिया 4