 
																			२९ भदौ, काठमाडौं । आन्दोलनका क्रममा लुटिएका हतियार र अन्य सामान सार्वजनिक सवारीसाधनमा ओसारपसार रोक्न यातायात व्यवसायीले सघाउने भएका छन् ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार सहितका सामग्री सवारी साधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको सचिव केशवकुमार शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकल वर्तमान परिस्तिति एवं चाडबाडको समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्यसम्म जान सक्ने गरी यातायात व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4