 
																			२९ भदौ, काठमाडौं । सिंहदरबारभित्रको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदर्शनकारीले झोसेको आगो अझै निभेको छैन ।
जेनजी युवाहरूको नाममा भदौ २४ गते अराजक समूहले सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय सहित अधिकांश मन्त्रालयका भवनमा आगजनी र तोडफोड गरेका थिए ।
जसमध्ये प्रधानमन्त्री कार्यालयको लागेको आगो आइतबार दिउँसोसम्म पनि ननिभेको हो ।
आइतबार अनलाइनखबरका प्रतिनिधि सिंहदरबार पुग्दा काठमाडौं महानगरपालिकाको बारुण यन्त्रले प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीले झोसेको आगो निभाइरहेको देखिन्थ्यो ।
तर, पनि आगो पूर्णरूपमा निभेको छैन । भवनबाट अझै पनि धुँवा पुत्ताइरहेको देखिन्छ ।

कर्मचारी, सरसफाइकर्मी र स्वयंसेवकहरू मिलेर भवनसँगै आगजनी भएका सवारीसाधनलाई अन्यत्र हटाउने प्रयास गरिरहेका छन् ।
आगजनीले प्रधानमन्त्री कार्यालयको भौतिक पूर्वाधारसँगै देशको महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । सवारी साधन जलेर ठूलो क्षति भएको छ ।
तस्वीरहरू : रघुनाथ बजगाईं/अनलाइनखबर








 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4