
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले २१ फागुनलाई प्रतिनिधिसभा निर्वाचन मितिको रुपमा घोषणा गरेपछि नेपाली फिल्मको प्रदर्शन क्यालेन्डर प्रभावित भएको छ।
- तिहारमा रिलिज हुने भनिएको तुलसी घिमिरेको फिल्म ‘पहाड’ र 'अभिमन्यू', 'जारी २' को प्रदर्शन मिति अनिश्चित बनेको वितरकले बताए।
- जेनजी आन्दोलनपछिका फिल्म ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ निर्माता पूर्वनिर्धारित मितिमा रिलिज हुने र प्रचारप्रसारमा जुट्ने बताइरहेका छन्।
काठमाडौं । जेनजी आन्दोलनपछिको अन्योलताबीच नेपाली फिल्मको क्यालेन्डर अस्तब्यस्त बनेको छ । ‘अभिमन्यू’ र ‘जारी २’ को प्रदर्शन मिति अनिश्चित बनेको छ ।
तिहारमा आउने भनिएको तुलसी घिमिरेको फिल्म ‘पहाड’ पनि पूर्वनिर्धारित मितिमा नआउने यसका वितरकले बताएका छन् ।
सरकारले २१ फागुनलाई प्रतिनिधिसभा निर्वाचन मितिको रुपमा घोषणा गरेपछि उक्त महिनामा पनि क्यालेन्डर प्रभावित हुन अनुमान गरिएको छ ।
१ फागुनमा प्रदर्शन मिति घोषणा गरेको बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को प्रदर्शन मितिबारे पुनर्विचार गरिने वितरक उज्वल पौडेलले बताए । सोही मितिमा लालीबजार र कल्लीले पनि मिति तय गरिसकेका छन् ।
१५ फागुनमा चन्द्र पन्तको फिल्म ‘आबाट आमा’ले प्रदर्शन मिति तय गरिसकेको छ । अन्य फिल्मले पनि फागुन महिनालाई ताकिरहेको बेला चुनावको घोषणा भएपछि तयारी प्रभावित हुने देखिएको छ ।
जेनजी आन्दोलनपछि मुलुकको मनोविज्ञान भिन्न भएकाले दशैंको फूलपातिमा रिलिज हुने तय गरिएका तीन फिल्म ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले के गर्लान् भन्ने चासो छ ।
यसबीच, तीनै फिल्मका निर्माताले उक्त मितिमा रिलिज हुने दाबी गर्दै आफूहरू पुनः प्रचारप्रसारमा जुट्ने बताइरहेका छन् । ‘बलिदान’ निर्देशक सन्तोष सेन र ‘माइतीघर’ निर्माता रोहित अधिकारीले फिल्म फूलपातिमै आउने बताउँदै ट्रेलर चाँडै सार्वजनिक हुने जनाएका छन् ।
‘हरिबहादुरको जुत्ता’का निर्माताद्धय सरोज ओली र मोहितवंश आचार्यले पनि पूर्वनिर्धारित मितिमा फिल्म आउने बताए । फिल्मको प्रचारप्रसार सघन ढंगले गर्ने उनीहरूको भनाई छ ।
प्रतिक्रिया 4