+
+
Shares

लुटपाट भएका सामग्री फिर्ता गरिदिन राष्ट्रपति कार्यालयको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते २०:०४
भदाै २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनी भएको राष्ट्रपति कार्यालय रहेको शीतलनिवास।

२९ भदौ, काठमाडौं । राष्ट्रपति कार्यालयले गत मंगलबार भएको आजगनी तोडफोडका क्रममा लुटपाट भएका सामग्री बुझाइदिन सूचना जारी गरेको छ ।

राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि.भि. कुर्सी लगायतका भौतिक सामग्रीहरू कार्यालय परिसरबाट लुटपाट चोरी भउको उल्लेख गरेको छ ।

‘कसैले राष्ट्रपतिको कार्यालय जि. खा.पा.नं. उल्लेख भएका वा नभएका समान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ’ सूचनाको व्योहोरा छ ।

उल्लिखित सामग्रीहरूको सम्बन्धमा कुनै जानकारी भएमा नजिकको सुरक्षा निकायमा जानकारी दिन र सूचना दिन अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने पनि राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?