 
																			३० भदौ, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलामा निरन्तर पहिरो खस्दा जोखिम बढेको छ ।
सडक डिभिजन भरतपुरका अनुसार आज बिहान ९ बजे तुइन खोला नजिकै पहिरो खसेको थियो । ११ बजे पहिरो हटाएर दुइतर्फी सडक सुचारु भएको समेत कार्यालयले जनाएको छ । यसअघि आइतबार समेत सोही स्थानमा सुक्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।
आइतबार बिहान ११ बजे पहिरो खस्दा अवरुद्ध भएको सवारी आवागमन १२ बजे मात्र सुचारु भएको थियो ।
शनिबार समेत सोही स्थानमा बिहान साढे १० बजेतिर पहिरो खसेको थियो । शनिबारै ११ बजेसम्म हटाएर यातायात खुलाइएको थियो । सोही दिन बिहान ९ बजे खसेको पहिरो साढे ९ मा हटाएर यातायात चलाइएको थियो ।
तुइन खोला नजिकैको क्षेत्रमा दिनहुँजसो पहिरो खस्दा राजमार्ग असुरक्षित बनेको छ । डिभिजन कार्यालयले वर्षातको समयमा त्यस क्षेत्रमा ढुंगा र पहिरो खस्ने उच्च जोखिम रहेको भन्दै सावधानीपूर्वक रोकेर, हेरेरमात्र यात्रा गर्न भनेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4