 
																			३० भदौ, जनकपुरधाम । जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।
५०/६० जनाको समूहले २४ भदौ बेलुकी जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेको थियो ।
चारपाङ्ग्रे गाडी ४ वटा, मोटरसाइकल ४ वटा, सीसीटीभी क्यामेरा तथा अन्य भौतिक संरचना तोडफोड गर्दै सुरक्षार्थ खटिएको नेपाल प्रहरीकै एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली समेत लुटपाट भएको थियो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सीसीटीभी फुटेजको आधारमा हतियार लुटपाटमा संलग्न जनकपुरधाम–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट लुटिएको हतियार बरामद गरिएको छ । यस्तै प्रहरीबाट खोसिएको थ्रिनट थ्री राइफल दुई दिन अघि बरामद गरिएको डीएसपी सिंहले बताए ।
डीएसपी सिंहका अनुसार आन्दोलनको क्रममा प्रहरीले दुईवटा हतियार लुटेको थियो । जुन बरामद भइसकेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4