+
+
Shares

सेयर बजार पर्सि बुधबारदेखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जले नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि पर्सि बुधबारदेखि सेयर बजार पुनः सञ्चालन गर्ने भएको छ।
  • नेप्सेले असोज २ गतेसम्म कारोबार बन्द गर्ने सूचना खारेज गरी नयाँ निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।
  • भदौ २४ गतेदेखि राजधानीसहित देशका शहरमा जेनजी प्रदर्शनपछि बजार बन्द गरिएको थियो र एक साता बन्द रह्यो।

३० भदौ, काठमाडौं । पर्सि बुधबारदेखि सेयर बजार खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो । ‘सबै पक्षसँग छलफल र परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निर्णय गरिएको छ’ बोर्डका एक उच्च अधिकारीले भने ।

उनका अनुसार यसबारे नेप्सेलाई सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ ।

भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बजार बन्द गरिएको थियो । एक साता बजार बन्द भयो । विगतमा पनि भूकम्प तथा कोरोनाका बेला लामो समय बजार बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?