
News Summary
Generated by OK AI. Editorially reviewed.- १ असोजदेखि काभ्रेभञ्ज्याङ भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने बीपी राजमार्ग चौबिसै घण्टा खुल्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
- जिल्ला सुरक्षा समितिको बैठकले दशैंतिहारमा यात्रुको सहज यात्राका लागि सडक सुरक्षा कार्ययोजना अनुसार चौबिसै घण्टा राजमार्ग खुला गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए।
- ७ असारदेखि विपद् जोखिमका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।
३० भदौ, काभ्रे । असोज १ गतेदेखि विपी राजमार्ग चौबिसै घण्टा खुल्ने भएको छ । गत वर्षको वर्षातले बनाएको क्षतविक्षत, कमजोर भौगोलिक अवस्था र मनसुनका कारण रातिको समयमा गाडी चलाउन रोक लागाईएकोमा असोज १ गतेबाट चौबिसै घण्टा खुल्ने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।
बीपी राजमार्गको काभ्रेभन्ज्याङ देखि भकुण्डे बेसी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई राति साँझ ५ बजेबाट बिहान ५ बजेसम्म निषेध गरिएकोमा आगामी असोज १ गतेबाट चौबीसै घण्टा खुल्ला गरिएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आसन्न दशै तिहार लगायतका चाडपर्वमा यात्रुहरुको सहज यात्राका लागि सडक सुरक्षा सजगता अपनाई स्वीकृत सडक सुरक्षा कार्ययोजना वमोजिम गर्ने गरी चौबीसै घण्टा खुल्ला गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
विपद् जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकको निर्णयानुसार वि.पि राजमार्गको काभ्रेभञ्ज्याङ्ग – भकुण्डेवेशी हुदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी असार ७ गतेदेखि साँझ ५ बजेदेखि विहान ५ बजे सम्म संचालनमा रोक लाग्दै आएको थियो ।
यस अघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा असार ६ गते बसेको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै असार ७ गतेबाट बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातीको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाइएको थियो ।
प्रतिक्रिया 4