
News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा मुलुकको शोधनान्तर स्थिति दोब्बरले बढेर ८९ अर्ब ३० करोड रुपैयाँ बचतमा पुगेको छ।
- साउनमा रेमिट्यान्स ३० प्रतिशत र निर्यात ९५ प्रतिशतले बढेको हुँदा शोधनान्तर स्थितिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
- चालु आव साउनसम्म प्रत्यक्ष वैदेशिक लगानी ६९ करोड रुपैयाँ भित्रिएको छ जुन गत आवको ८० करोडभन्दा कम हो।
३० भदौ, काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो महिना साउनमा मुलुकको शोधनान्तर स्थिति दोब्बरले बढेको छ ।
रेमिट्यान्स आप्रवाहसँगै निर्यातमा समेत सुधार आएपछि शोधनान्तर स्थितिमा उच्च सुधार देखिएको हो ।
साउनमा करिब ३० प्रतिशतले रेमिट्यान्स बढेको छ । त्यसैगरी ९५ प्रतिशतले निर्यात बढेको छ । साथै, आयात ११ प्रतिशतले मात्रै बढे पनि हुनाले शोधनान्तर स्थितिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव साउनमा ६४ करोडले बचतमा छ ।
चालु आव चालु खाता ७८ अर्ब १४ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता चालु आव साउनमा ५६ करोडले बचतमा छ ।
चालु आव साउनसम्मको खुद पूँजीगत ट्रान्सफर १ अर्ब ४ करोड छ । गत आव सोही अवधिमा २२ करोड थियो ।
यसैगरी साउनमा ६९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत आव सोही अवधिमा ८० करोड बराबर थियो ।
प्रतिक्रिया 4