News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबबीच भदौ ३१ गतेको बैठक प्राविधिक कारण स्थगित गरिएको छ।
- एन्फाले भदौ ३१ गतेको बैठक स्थगित भएको जानकारी क्लबहरुलाई पत्रमार्फत पठाएको छ।
- सोमबार एन्फाका पदाधिकारी र क्लब प्रतिनिधिहरुबीच यू१६ लिग र 'ए' डिभिजन लिग स्थगित गर्ने विषयमा छलफल भएको थियो।
३१ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरुबीच भदौ ३१ गते मंगलबारका लागि तय भएको बैठक स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नै ए डिभिजन लिग खेल्ने क्लबहरुलाई पत्र पठाउँदै ‘ए’ डिभिजन क्लबसँगको छलफल कार्यक्रम प्राविधिक कारण स्थगित गरिएको जनाएको छ ।
‘एन्फाको २०८२ भदौ २३ गतेको पत्रमार्फत २०८२ भदौ ३१ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०२५ सम्बन्धि छलफल गर्न बैठक राखिएकोमा प्राविधिक कारणबस अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको व्होरा जानकारी गराइन्छ’ एन्फा सहायक महासचिवव दामोदर भट्टराईले क्लबहरुलाई सम्बोधन गर्दै पठाएको पत्रमा भनिएको छ ।
एन्फाले बैठक बोलाएकै दिन मात्र क्लबहरुलाई आधिकारिक रुपमा पत्र पठाएर बैठक स्थगित भएको जानकारी गराएको हो ।
सोमबार एन्फाका केही पदिधकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा यू१६ लिग, ‘ए’ डिभिजन लिग सम्बन्धि बैठक लगायत गतिविधि स्थगित गर्ने विषयमा छलफल भएको थियो ।
त्यसअघि एन्फा क्लबहरुलाई एमएमएस मात्र पठाएर यू१६ लिग स्थगित भएको जानकारी गराएको थियो । तर क्लबहरुले भने पत्र पठाएर नै स्थगित गरिएको जानकारी गराउनुपर्ने माग राखेपनि एन्फाले ढिलै भएपनि त्यो प्रकृया पूरा गरेको हो ।
प्रतिक्रिया 4