+
+
Shares

सरकारका सचिवहरूको निर्णय : सार्वजनिक सेवा चुस्तदुरुस्त बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १९:२२

३१ भदौ, काठमाडौं । सरकारको सचिवस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले सार्वजनिक सेवा दिन कुनै व्यवस्था बाधक देखिए त्यसलाई खारेज गर्ने निर्णय समेत गरेको हो ।

सचिवस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहमा कुनै कठिनाई भए अहिले रहेका मापदण्ड, कार्यविधि र निर्देशिका तत्काल परिमार्जन गर्ने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक सेवा जोडिएका संयन्त्रहरूलाई चुस्तदुरुस्त बनाउने र कुनै अवरोध आउन नदिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?