+
+
Shares

फेसबुकमै मधेशका मुख्यमन्त्रीको राजीनामासिमित भएपछि सभामुखलाई जनमतको पत्र

मधेश सरकारलाई दिईएको समर्थन फिर्ता सहित मुख्यमन्त्री/मन्त्रीलाई फिर्ता बोलाइएको व्यहोराको पत्र जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार सभामुख रामचन्द्र मण्डललाई दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत संसदीय दलले मधेश प्रदेशसभाका सभामुखलाई मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाउने पत्र पठाएको छ।
  • सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंहले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने जानकारी दिनुभएको छ।
  • मुख्यमन्त्री सिंहको फेसबुक राजीनामाले मधेश सरकारमा अन्योल सिर्जना गरेको र नयाँ सरकार गठनमा समस्या आएको छ।

३१ भदौ, जनकपुरधाम। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह फेसबुके राजीनामादिएर अन्योल परेपछि जनमतले मधेश प्रदेशसभाका सभामुखलाई पत्र पठाएको छ ।

मधेश सरकारलाई दिईएको समर्थन फिर्ता सहित मुख्यमन्त्री/मन्त्रीलाई फिर्ता बोलाइएको व्यहोराको पत्र जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार सभामुख रामचन्द्र मण्डललाई दिएका हुन् ।

मुख्यमन्त्री सिंहले औपचारिक राजीनामादिन नमानेपछि दलका नेता यादवले यसअघि भदौ २८ गते यस्तै व्यहोराको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका थिए । सभामुखलाई दिएको पत्रमा उनले सोही अनुसारको व्यवस्था गर्न पनि अनुरोध गरेका छन्।

‘उपरोक्त सम्बन्धमा हाम्रो दल जनमत पार्टी मधेश सरकारलाई दिईएको समर्थन फिर्ता सहित मुख्यमन्त्री/मन्त्री लाई फिर्ता बोलाइएको जानकारी मधेश प्रदेश प्रमुखको कार्यलायलाई मिति २०८२/०५/२८ गते नै गराइसकेको सो को जानकारी सहित सदनमा हाम्रो दलको सोहि अनुसार व्यवस्थापन को लागि अनुरोध गर्दछौं’ सभामुखलाई दिएको पत्रमा उल्लेख छ ।

सभामुख मण्डलले जनमत दलको नेताबाट पत्र आज प्राप्त भएर प्रदेशसभामा दर्ता भएको बताए । यो पत्रको आधारमा अबको तीसदिन भित्र मुख्यमन्त्री सिंहले सदनबाट विश्वासको मत लिनुपर्ने सभामुख मण्डलको भनाइ छ ।

‘यो पत्र दर्ता भएको छ । अब ३० दिन भित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्छ । भोलि नै मुख्यमन्त्री सिंहलाई प्रदेशसभाले पत्र पठाउँछ’ सभामुख मण्डलले भने ।

जेनजीको आन्दोलन चर्केको दिन भदौ २४ गते जनमत अध्यक्ष डा. सिके राउतको निर्देशनमा मुख्यमन्त्री सिंहले पदबाट राजीनामादिएका थिए। तर पछि अवस्था सहज भएपछि उनले औपचारिक राजीनामापत्र प्रदेश प्रमुखलाई बुझाउनुको साटो राजीनामानदिने बोली फेरे । चर्को आलोचना हुन थालेपछि जनमत संसदीय दलको नेता यादवले प्रदेश प्रमुखलाई समर्थन र मुख्यमन्त्री÷मन्त्री फिर्ताको पत्र प्रदेश प्रमुखलाई पठाएका थिए ।

मुख्यमन्त्री सिंहको फेसबुके राजिनामाले मधेश सरकारमा अन्योल बनेको छ । नयाँ सरकार गठन गर्न पनि अन्योल छ । जनमत संसदीय दलका नेता यादवले पदबाट चाँडो राजीनामानदिए पार्टीले कारबाही गर्ने चेतनावी समेत मुख्यमन्त्री सिंहलाई दिइसकिएको बताएका छन् ।

तर कतिपयले जनमत अध्यक्ष डा. सिके राउतको डिजाइनमा राजिनामाको नाटक मंचन गरेर आफ्नो सरकार टिकाइ राख्ने खेलमा लागेको टिप्पणी गर्न थालेका छन् । यस प्रकरणको कारण मुख्यमन्त्री र जनमतको चर्को आलोचना समेत भइरहेको छ । .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?