+

भारतका वरुण चक्रवर्ती टी–२०आई बलिङ वरीयताको शीर्षस्थानमा

२०८२ असोज  १ गते १४:२५ २०८२ असोज १ गते १४:२५
भारतका वरुण चक्रवर्ती टी–२०आई बलिङ वरीयताको शीर्षस्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका स्पीन बलर वरुण चक्रवर्ती आईसीसी पुरुष टी–२०आई बलिङ वरीयताको शीर्ष स्थानमा पुगेका छन्।
  • वरुणले एसिया कपमा यूएई र पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ज्याकब डफीलाई पछाडि पारेर शीर्ष स्थानमा उक्लिएका हुन्।
  • आईसीसी बलिङ वरीयतामा अन्य बलरहरूको पनि सुधार भएको छ भने ब्याटिङ वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष स्थानमा छन्।

१ असोज, काठमाडौं । भारतका स्पीन बलर वरुण चक्रवर्ती आईसीसी पुरुष टी–२०आई बलिङ वरीयताको शीर्ष स्थानमा पुगेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयता अनुसार वरण शीर्षमा पुगेका हुन् ।

३४ वर्षीय चक्रवर्तीले जारी एसिया कपमा यूएईविरुद्ध २ ओभरमा १ विकेट लिएर ४ रन मात्र खर्चिएका थिए भने पाकिस्तानविरुद्ध ४ ओभरमा २४ रन दिएर १ विकेट लिएका थिए। यस प्रदर्शनका आधारमा उनी न्युजिल्याण्डका ज्याकब डफीलाई पछाडि पार्दै पहिलो स्थानमा उक्लिएका हुन्।

यसअघि जसप्रीत बुमराह र रबि विष्णोई मात्र आईसीसीको बलिङ वरीयतामा शीर्षस्थानमा पुगेका भारतीय खेलाडी हुन्।

यसै क्रममा श्रीलंकाका नुवान तुषारासहित पाकिस्तानका सुफियान मुकीम र अबरार अहमद, भारतका अक्षर पटेल र कुलदीप यादव, अफगानिस्तानका नुर अहमद लगायत अन्य बलरहरूको पनि वरीयता बढेको छ।

ब्याटिङ वरीयतामा भने भारतका ओपनर अभिषेक शर्मा शीर्षस्थानमा कायम छन्। इंग्ल्यान्डका फिल साल्ट र जोस बटलर क्रमशः दोस्रो र तेस्रो स्थानमा उक्लिएका छन्।

श्रीलंकाका पथुम निस्सन्का, दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस, अफगानिस्तानका रहमानुल्लाह गुरबाज, भारतका शुभमन गिल र पाकिस्तानका सहिबजादा फरहानसहितका खेलाडीको वरीयता पनि सुधारिएको छ।

आईसीसी वरीयता वरुण चक्रवर्ती
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय