+
+
Shares

कैलालीको एक सुधार गृहमा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको उग्रतारा सुधार गृहमा राखिएका २८ वर्षीय सागर मल्लको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
  • मल्ललाई चार महिनाअघि मानसिक स्वास्थ्य समस्याका कारण सुधार गृहमा राखिएको थियो।
  • उनी राति शौचालय गएका बेला अचेत अवस्थामा भेटिएका थिए।
  • मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

१ असोज, धनगढी । कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ ।

गोदावरीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मल्लको गएराति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

उनकाअनुसार मानसिक स्वास्थमा समस्या रहेका मल्ललाई चार महिनाअघि सुधार गृहमा राखिएको थियो ।

औषध खाएर साँझ ७ बजे निदाएका उनले गएराति १० बजेतिर पेट दु:ख्यो भनेको बुझिएको चन्दले बताए । केहीबेरमा निदाएका भनिएका उनी राति दुई बजेतिर शौचालय गएका थिए ।

शौचालयबाट धेरै बेरसम्म नआएका उनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि पद्मा अस्पताल  लगिएको थियोे ।

साढे ३ बजे पद्मा अस्पताल पुगाइएपनि अस्पतालले उपचार गर्न नसक्ने भन्दै सेती प्रादेशिक अस्पताल पठाएको थियोे ।

मल्लको उपचारका क्रममा सेतीमै मृत्यु भएको थियो । अहिले उनको शव प्रादेशिक अस्पतालमै राखिएको छ ।

मृतकका आफन्तले घटना शंकास्पद रहेकाले निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । उनीहरूले मल्लको हत्या भएको आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?