
News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको भीमफेदी गाउँपालिका-९ बसीफाँट तारेभिरमा १५० फिट अग्लो गुरु रिम्पोछेको विशाल आकृति निर्माण कार्य जारी छ।
- नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले तारेभिरमा ६०० मिटर एबिसी केबल तार हस्तान्तरण गरी विद्युत पुर्याउने तयारी गरेको छ।
- भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले यस धार्मिक स्थललाई विश्वका बौद्ध मार्गीहरूको तीर्थस्थलको रूपमा विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
१ असाेज, हेटाैंडा । मकवानपुरकाे उत्तरी क्षेत्रस्थित भीमफेदी गाउँपालिका-९ काे बसीफाँट तारेभिरकाे पहरामा बाैद्ध धर्मगुरु रिम्पाेछेकाे विशाल आकृति निर्माण कार्य जारी छ ।
भीमफेदी गाउँपालिकाकाे पहलमा बोधिचार्य फाउन्डेशनले गुरू रिम्पाेछे (गुरु पद्मसम्भव) काे १५० फिट अग्लाे आकृति विशाल ढुंगा कुँदेर निर्माण गरिरहेकाे हाे ।
निर्माण भइरहेकाे गुरू रिम्पाेछेकाे आकृति एसियाकै अग्लाे भएकाे गाउँपालिका कार्यालय दाबी गरेकाे छ । तारेभिरमा यसअघि विद्युत नपुगेकाले जेनेरेटरकाे प्रयाेग गरेर निर्माण कार्य हुँदै आएकाे थियाे । अब भने नेपाल विद्युत प्राधिकरण हेटाैंडा वितरण केन्द्रले तारेभिरमा विद्युत पुर्याउने भएकाे छ ।
आज बुधवार हेटाैंडा वितरण केन्द्रले ६०० मिटर एबिसी केबल तार हस्तान्तरण गरिएकाे छ । भीमफेदी गाउँपालिकाले ३ भदाैमा प्राधिकरणलाई पत्राचार गर्दै विद्युत तार उपलब्ध गराइदिन अनुराेध गरेकाे थियाे ।
बसीफाँट तारेभिरमा अब विद्युत पुग्ने पक्का भएकाले आकृति निर्माणमा सहजता हुने गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
उनले यस धार्मिक स्थल संसारका बौद्ध मार्गीहरूको तीर्थस्थलको रूपमा विकास गर्न सबै पक्षकाे सहयाेग आवश्यक रहेकाे बताए ।
आकृति निर्माणस्थल धर्मगुरु रिम्पोछेको तीर्थस्थल छु-मिग ज्याङछ्युप नजिकै रहेकाे अध्यक्ष लामाले बताए । बसीफाँटको तारेभिरको पहरामा गुरु रिम्पाेछेकाे आकृतिसँगै ५०/५० फिट अग्लो गुरु ज्याड्रल रिम्पोछे र गुरु पेनोर रिम्पोछेको आकृति ढुंगामा निर्माण भइरहेकाे छ ।
प्रतिक्रिया 4