+
+
Shares

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १८.२० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा १३.५३ प्रतिशत सेयर बोनस र करसहित ४.६७ प्रतिशत नगद लाभांश समावेश छ।
  • लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने कम्पनीले स्पष्ट पारेको छ।

२ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई कुल १८.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये १३.५३ प्रतिशत सेयर बोनस र करसहित ४.६७ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने कम्पनीले स्पष्ट पारेको छ । हाल यस कम्पनीको सेयर मूल्य ४३६ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?