+
+
Shares

सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि नेगेटिभ सर्किट ब्रेक लागेको छ।
  • नेगेटिभ सर्किट ब्रेक लागेसँगै २० मिनेटपछि सेयर बजारको कारोबार पुनः खुल्नेछ।

२ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि कारोबार पुन खुल्नेछ ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सोअनुसार बिहीबार बजार घटेपछि सर्किट ब्रेक लागेको हो।

सर्किट ब्रेक लाग्दा १०७ अंकले नेप्से घटेर २५६५ मा कायम भएको छ । बैंकिङ, लगानी र अन्य समूह ५ प्रतिशतभन्दा धेरै घटेका छन् ।

विकास बैंक ४ प्रतिशत घटेको छ ।  हिमालयन रिइन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५, एनआरएन इन्फ्रास्ट्रक्चरको ९.५, सिंगटी हाइड्रोपावरको मूल्य ८.९ प्रतिशत घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?