
२ असोज, हेटौंडा । जेनजीहरुको आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट पूर्णक्षति व्यहोरोको उच्च अदालत पाटन हेटौंडा इजलासलाई भीमफेदी गाउँपालिकाले कम्प्युटरलगायतका सामग्री उपलब्ध गराएको छ ।
भीमफेदी गाउँपालिका कार्यालयले आज बिहीवार कम्प्युटर दुइ थान, प्रिन्टर ३ थान सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेलाई सामग्री हस्तान्तरण गरेका थिए ।
आगजानीबाट कम्प्युटर, प्रिन्टरहरू नष्ट भएपछि इजलाशले सेवाग्राहीलाई आदेशको नक्कल फोटोकपीसमेत दिन नसकेको उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेले बताए । ‘आदेशको नक्कललाई फोटोकपी गरेर दिन पनि नसक्ने अवस्थामा पुगेका थियौं । आगजनीबाट सबै जलेर नष्ट भयो । तोडफोड भएको भवनबाट प्रशासनिक काम गर्दैछौं ।’ उनले भने ।
आगजनीबाट हेटौंडा इजलाशको मुख्य भवनतर्फ माथिल्लो तलाको आधा भाग क्षतिग्रस्त बनेको छ । २०४२ सालमा तत्कालीन अञ्चल अदालतको रुपमा निर्माण भएको यो भवन चर्किएको छ ।
प्रतिक्रिया 4