+
+
Shares

घोषित मितिमै निर्वाचन सम्पन्न होस् : प्रचण्ड

बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने आफूहरूले चाहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १७:१२
फाइल तस्वीर

२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने चाहन आफूहरूको रहेको बताएका छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने आफूहरूले चाहेको बताए ।

उनले भने, ‘अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ। चुनाव हुन नदिने र मुलुकलाई थप अस्थिरता तिर लैजान योजना प्रद्ध प्रयास हुन सक्दछ । हामी घोषित मितिमा निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छौ ।’

देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि अबका दिनहरू निरन्तर चुनौतीपूर्ण हुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?