+
+
Shares

लक्ष्मी टेक्नोप्लास्टले छुट्यायो राष्ट्र पुनर्निर्माणका लागि बिक्रीको १ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १७:४७

काठमाडौं । नेपालमा हालै भएको जेनजी आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माणका लागि लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्रिय पुनर्निर्माणमा खर्च गर्ने घोषणा गरेको छ ।

ओम शिवम् पाइप्स एन्ड फिटिङ्स तथा मेरिगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले राष्ट्रिय दायित्व बहन गर्दै  तीन महिनासम्म १ प्रतिशत राष्ट्रिय पुनर्निर्माणमा खर्च  गर्ने  घोषणा गरेको हो ।

कम्पनीले यस कदमलाई राष्ट्रिय उत्तरदायित्व र देशको पुनर्निर्माणमा आफ्नो प्रतिबद्धताको रूपमा लिएको छ ।

‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै लक्ष्मी टेक्नोप्लास्टले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त हुने रकमको एक अंश क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा खर्च गर्नेछ ।

यस पहलले देशव्यापी रूपमा आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलाउने कम्पनीको विश्वास छ ।

कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले यस सन्दर्भमा भने, ‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो, हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं, यही हाम्रो दायित्व र प्रतिबद्धता हो ।’

निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्टले यस निर्णयमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?