News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल गुणस्तर तथा नापतौल विभागले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा हराएका विभिन्न महत्त्वपूर्ण सामग्री फिर्ता गर्न अनुरोध गरेको छ।
- विभागले डेक्सटप, हार्ड डिस्क, ल्यापटप, फ्रिज, कुर्सी, टेबल, कम्प्युटर सेट, हिटर, पंखा र वैज्ञानिक उपकरण फिर्ता गर्न भनेको छ।
- सचेत नागरिकलाई घरमा लिएर गएका सामग्री विभागको सुरक्षा गार्डसमक्ष बुझाउन अनुरोध गरिएको छ।
२ असोज, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा विभागको कार्यालय परिसरबाट हराएका वा लगिएका विभिन्न महत्त्वपूर्ण सामग्रीहरू फिर्ता गर्न अनुरोध गरेको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै उक्त प्रदर्शनका बेला विभागका डेक्सटप, हार्ड डिस्क, ल्यापटप, फ्रिज, कुर्सी, टेबल, कम्प्युटर सेट, हिटर, पंखा र विभिन्न वैज्ञानिक उपकरणहरूलगायतका महत्त्वपूर्ण सामग्रीहरू फिर्ता गर्न अनुरोध गरेको हो ।
विभागले यी सामग्रीहरू सुरक्षित गर्ने मनसायले घरमा लिएर गएका सचेत नागरिकहरूलाई विभागको परिसरमा रहेका सुरक्षा गार्डसमक्ष बुझाइदिन पनि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4