+
+
Shares

अन्तरिम सरकार गठन हुँदा संविधान लिक बाहिर गयो, चुनावले सही मार्गमा ल्याउँछ : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ११:३८

३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकार गठन गर्ने समयमा संविधान लिक बाहिर गएको ठहर गरेको छ । अन्तरिम सरकार बनाउन अक्षरभन्दा भावना खोज्नुपर्ने बाध्यात्मक परिस्थितिमा संविधान थोरै लिक बाहिर गएको रास्वपाको निचोड छ ।

वर्तमान सरकारले घोषणा गरेको चुनावमार्फत संविधान पुन: सही दिशामा आउने अपेक्षा रास्वपाले गरेको छ । संविधान दिवसको अवसरमार शुभकामना सन्देश दिंदै कार्यवाह क सभापति डीपी अर्यालले भने, ‘निर्वाचन सफल बनाउने राष्ट्रिय अभिभारामा सामूहिक र सार्थक खबरदारी एवं पहलकदमीका लागि सम्बद्ध सबैमा आह्वान गर्दछौं ।’

संविधानमा निहित लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समानताका सिद्धान्तहरूलाई व्यवहारमा उतार्न  रास्वपा दृढ रहेको अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘संवैधानिक सुधारको मुद्दा पनि निरन्तर उठाउँदै आएको स्मरण गराउँछौं । संविधान परिमार्जन नगरी मुलुकमा आमूल सुधारको सुरुवात हुन्न भन्ने हाम्रो अडानलाई पछिल्लो जेन–जी विद्रोह र त्यसक्रममा उठेका आवाज र व्यक्त भावनाले पनि पुष्टि गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?