+
+
Shares

लेफ्ट–राइटको अंग्रेजी संस्करण बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ११:३६

काठमाडौं । पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’राजनीतिको अंग्रेजी संस्करण प्रकाशनमा आएको छ । दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अंग्रेजी संस्करण दशैंको अवसर पारेर प्रकाशनमा हो ।

पुस्तकमा प्रमुख दलका शीर्ष नेताहरूले सत्ता र शक्ति प्राप्तिका लागि मूल्य–मान्यता, विधान र संविधानलाई बेवास्ता गरेर चालेका कदमहरूको विस्तृत विवेचना गरिएको छ । पन्थीका अनुसार नयाँ संविधान जारी भएपश्चात् पनि नेताहरूको सत्ताप्रतिको भोक नघटेको तथ्यलाई पुस्तकले पार्ने कोशिष गरेको छ । साथै, नेपालको राजनीतिमा भूराजनीतिक प्रभावलाई पनि पुस्तकले विशेष रूपमा उठान गरेको छ।

यसअघि लेखक पन्थीका डिभोर्स: प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तकहरू प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?