+
+
Shares

उपत्यका प्रहरीको कमाण्ड पुलिस क्लबबाट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको आगजनीले क्षति पुगेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अहिले पुलिस क्लब भृकुटीमण्डपबाट सञ्चालन भइरहेको छ।
  • उपत्यका प्रहरी कार्यालयको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षकले गर्छन्।
  • पहिलो दिन डीआईजी ओम राणाले कमाण्ड गरेका थिए।

३ असोज, काठमाडौं । जेनजी आन्दोलनमा भएको आगजनीबाट पूर्ण रुपमा क्षति भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अहिले पुलिस क्बलमा सरेको छ ।

उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर भक्तपुरको कमाण्ड गर्ने र अपराध अनुसन्धान कार्यालय टेकुको कमाण्ड गर्ने यो कार्यालय अहिले पुलिस क्लब भृकुटीमण्डपबाट सञ्चालन गरिएको हो ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता शेखर खनालले तोडफोड र आगजनीबाट पूर्ण क्षति भएपछि अहिले पुलिस क्लबबाट कार्यालय सञ्चालन गरिएको बताए ।

यो कार्यालयको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्छन् । पहिलो दिनको जेनजी आन्दोलनमा यो कार्यालय एआईजीविहीन थियो । डीआईजी ओम राणाले कमाण्ड गरेका थिए ।

पहिलो दिनको आन्दोलनपछि एआईजी दानबहादुर कार्कीले कमाण्ड गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?