+
+
Shares

क्लासिक टेकको दशैं अफर : १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट र वाइफाई सिक्स राउटर सुविधा

यो विशेष दशैं अफर अन्य इन्टरनेट प्लानमा पनि लागु हुनेछ जसमा १००, २०० र ३०० एमबीपीएस सम्मका उच्च गतिको इन्टरनेट अफरर समावेश छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १५:०४

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्ष दशैं लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत  ग्राहकले ‘२ वर्षको इन्टरनेट १ वर्षको मूल्यमा’ प्राप्त गर्न सक्नेछन् ।

क्लासिक टेकका अनुसार अफर अन्तर्गत ग्राहकले ७० एमबीपीएस गतिको इन्टरनेट जडान गर्दा प्रतिमहिना ४ सय ४३ रुपैयाँमा अत्याधुनिक वाइफाई सिक्स राउटर पाउन सक्नेछन् ।

कम्पनीका अनुसार वाइफाई सिक्स राउटरका धेरै महत्त्वपूर्ण विशेषता र फाइदा छन् । यसले एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेटको गतिमा कुनै कमी आउन दिँदैन ।

साथै, ५० भन्दा बढी डिभाइसलाई एकै पटक सपोर्ट गर्न सक्ने क्षमता भएकाले यो राउटर घर वा कार्यालय दुवैका लागि अत्यन्तै उपयुक्त मानिएको छ ।

वाइफाई सिक्सले कम लेटेन्सी प्रदान गर्ने भएकाले गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कल गर्दा ढिलाइको समस्या भोग्नु पर्दैन । यसमा डबल ब्यान्ड सुविधा २.४ गिगाहर्ज र ५ गिगाहर्ज छ । यो स्थिर र तेज इन्टरनेटका लागि उपयुक्त मानिन्छ ।

यसबाहेक वाइफाई सिक्स राउटरमा ब्याट्री बचत सुविधा पनि छ जसले मोबाइल, ल्यापटप जस्ता डिभाइसको ब्याट्री खपत कम गर्न मद्दत गर्छ ।

यो विशेष दशैं अफर अन्य इन्टरनेट प्लानमा पनि लागु हुनेछ जसमा १००, २०० र ३०० एमबीपीएस सम्मका उच्च गतिको इन्टरनेट अफरर समावेश छन् ।

क्लासिक टेकले ग्राहक सुविधा ध्यानमा राख्दै इन्टरनेटसँगै आईपी टीभी सेवा पनि उपलब्ध गराएको छ । यस अन्तर्गत ग्राहकले प्रतिमहिना २ सय ५० रुपैयाँमा स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानलको आनन्द लिन सक्नेछन् ।

क्लासिक टेकले सधैं प्रविधि र सेवामा अग्रणी रहँदै आएको र ग्राहक आवश्यकता अनुसार उच्च स्पिड तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा अगाडि रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?