
News Summary
Generated by OK AI. Editorially reviewed.- सेप्टेम्बर १५ देखि २१ सम्म नेटफ्लिक्स, अमेजन प्राइम भिडियो र जिओ हटस्टारमा ११ नयाँ वेब–सिरिज र फिल्म रिलिज भएका छन्।
- आर्यन खान निर्देशित सिरिज 'द ब्याड्स अफ बलिउड' सेप्टेम्बर १८ देखि नेटफ्लिक्समा उपलब्ध छ।
- काजोल अभिनित कानुनी श्रृंखला 'द ट्रायल सिजन २' सेप्टेम्बर १९ देखि जिओ हटस्टारमा रिलिज भएको छ।
काठमाडौं । तपाईं ओटीटी प्लाटफर्म पछ्याउनुहुन्छ भने यो साता प्रतीक्षित नयाँ फिल्म र सिरिज रिलिज भएका छन् । नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जिओ हटस्टारसहितका ओटीटीले नयाँ सिरिज, फिल्म र शो ल्याएका छन् ।
१५ देखि २१ सेप्टेम्बरसम्म ओटीटी प्लेटफर्महरूमा एकैसाथ ११ वेब–सिरिज र फिल्म रिलिज भएका छन् ।
सबैभन्दा बढी चर्चित आर्यन खानको निर्देशनमा बनेको सिरिज ‘द ब्याड्स अफ बलिउड’ देखि काजोल अभिनित ‘द ट्रायल सिजन २’ सम्म यो साता ओटीटीमा रिलिज भएका छन् ।
द ब्याड्स अफ बलिउड
शाहरुख खानका छोरा आर्यन निर्देशित सिरिज ‘द ब्याड्स अफ बलिउड’१८ सेप्टेम्बरदेखि नेटफ्लिक्समा रिलिज भएको छ । शीर्ष भूमिकामा लक्ष्य लालवानी, राघव जुयाल, अन्या सिंह र सहर बांबा छन् भने शाहरुख, सलमान, आमिर र रणवीर सिंहले क्यामियो गरेका छन् ।
द ट्रायल सिजन २
काजोल अभिनित कानुनी कथावस्तुको श्रृंखला ‘द ट्रायल सिजन २’ १९ सेप्टेम्बरदेखि जिआ ेहटस्टारमा आएको छ । यसमा उनले वकिल नोयोनिका सेन गुप्ताको भूमिका चित्रण गरेकी छन् । कलाकारमा जिशु सेन गुप्ता, कुब्रा सैत र सोनाली कुलकर्णी पनि छन् ।
हाउस मेट्स
तमिल फ्यान्टसी-हरर फिल्म ‘हाउस मेट्स’ १९ सेप्टेम्बरमा जी–फाइभमा रिलिज भएको छ । टी राजा वेलले निर्देशन गरेको यस फिल्ममा दर्शन, अर्शा चाँदनी बैजू र काली वेंकट मुख्य भूमिकामा छन् ।
पुलिस पुलिस
तमिल भाषामा बनेको वेब–सिरिज ‘पुलिस पुलिस’ १९ सेप्टेम्बरदेखि जिआ हटस्टारमा उपलब्ध छ । यसमा मिर्ची सेनथिल, जयसीलन र शबाना शाजहानले अभिनय गरेका छन् ।
टेरर कम्स नक्किङ
सत्य घटनामा आधारित फिल्म ‘टेरर कम्स नक्किङ’ १५ सेप्टेम्बरदेखि नेटफ्लिक्समा रिलिज भएको छ । फेलिप रोड्रिगेज निर्देशित यस फिल्ममा दास्चा पोलांको, जोनाथन सूसा र निसा गुंडुज मुख्य भूमिकामा छन् ।
जेन भी सिजन २
लोकप्रिय सिरिज ‘द बोइज’को स्पिन-अफ ‘जेन भी सिजन २’ १७ सेप्टेम्बरदेखि प्राइम भिडियोमा आएको छ । यसमा जैज सिनक्लेयर, लिजे ब्रॉडवे, लन्डन थोरे र हैमिश लिंकलेटर मुख्य भूमिकामा छन् ।
बेलेन
अर्जेन्टिनाको वास्तविक घटनामा आधारित फिल्म ‘बेलेन’ १८ सेप्टेम्बरदेखि प्राइम भिडियोमा रिलिज भएको छ । डोलोरेस फोंजी निर्देशित यसमा क्यामिला प्लाटे, लौरा पारेडेस र जुलियट कार्डिनलीको अभिनय छ ।
ब्ल्याक र्याबिट
जुड लो र जेसन बेटम्यान अभिनीत क्राइम थ्रिलर सिरिज ‘ब्ल्याक र्याबिट’ सेप्टेम्बर १८ देखि नेटफ्लिक्समा उपलब्ध छ । यो सिरिज म्यानह्याटनको एक नाइट क्लब मालिक र उसको भाइ वरिपरि केन्द्रित छ ।
सिनर्स
रायन कुग्लर निर्देशित अमेरिकी हरर फिल्म ‘सिनर्स’ १८ सेप्टेम्बरदेखि जिओ हटस्टारमा रिलिज भएको छ । माइकल बी जोर्डनले दुई जुम्ल्याहा भाइको भूमिका निर्वाह गरेका छन् भने हैली स्टेनफेल्ड र डेलरोय लिण्डो पनि छन् ।
द सर्फर
निकोलस केज अभिनीत साइकोलोजिकल थ्रिलर फिल्म ‘द सर्फर’ १९ सेप्टेम्बरदेखि लायन्सगेट प्लेमा आएको छ । यसमा जुलियन म्याकमहोन, मिरान्डा ट्याप्सेल र फिन लिटिल पनि छन् ।
स्वाइप्ड
बम्बल संस्थापक व्हिटनी वोल्फको जीवनमा आधारित फिल्म ‘स्वाइप्ड’ १९ सेप्टेम्बरदेखि जिओ हटस्टारमा रिलिज भएको छ । यसमा उनको संघर्ष, टेक्नोलोजी क्षेत्रमा उद्यमशीलता र सफलता प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया 4