
४ असोज, काठमाडौं । देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् ।
सरोकारवालले बैठकमा सडकको अवस्थाबारे जानकारी गराएका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो खस्ने क्रम जारी छ ।
पहिरो खसेको ठाउँमा डोजर खटाइएको भए पनि काम गर्न नसकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कोशी राजमार्ग, अरनिको राजमार्गका पनि विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ । यी सबै ठाउँमा खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4