
४ असोज, काठमाडौं । गत २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनका क्रममा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड र आगाजी गरेर नगद र सुनचाँदी चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–३० का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरको हेटौंडाा उपमहानगरपालिका–५ का १८ वर्षीय अगम प्रजा छन् ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4