
News Summary
Generated by OK AI. Editorially reviewed.- सानिमा बैंकले ७.३६८५ प्रतिशत करसहित नगद लाभांश घोषणा गरेको छ।
- बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ।
- लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्।
५ असोज, काठमाडौं । सानिमा बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको यसअघि शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो लाभांश करसहित हो ।
बैंकले बोनस सेयर नदिने भएको छ । घोषित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड रुपैयाँ छ ।
१ अर्ब ७ लाख रुपैयाँ बराबर बैंकले नगद लाभांश बाँड्नेछ । हाल यस बैंकको सेयर मूल्य ३४८ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4