+
+
Shares

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते ११:४५

५ असोज, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोस्थित सडकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा३क २८४५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कैलाली घर भई ठेचोमै बस्ने ४८ वर्षीय कमलसिंह ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?