+
+
Shares

मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने

अहिले पनि तुइन खोला नजिक हल्का पहिरो खस्ने नरोकिएकाले जनधनको क्षति हुन नदिन राति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १९:५९

५ असोज, चितवन । पहिरो खसेर ४२ घण्टापछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी आवागमन रोकिने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलानजिक खसेको पहिरो पन्छाएपछि खतरा नटरेको भन्दै रातिमा सवारी प्रवेश रोक्न लागिएको हो ।

अहिले पनि तुइन खोला नजिक हल्का पहिरो खस्ने नरोकिएकाले जनधनको क्षति हुन नदिन राति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको छ ।

तुइन खोलामा भीर नै सडकमा खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो ।

शुक्रबार बेलुकादेखि खसेको पहिरो शनिबार बिहानबाट पन्छाउन थालिएकोमा खस्नेक्रम नरोकिँदा आइतबार अपरान्ह ४ बजेसम्म लागेको थियो । यस दौरान यातायात ठप्प हुँदा यात्रु सडकमै अलपत्र परेका थिए ।

पहिरो हटाएर सुरुमा एकतर्फी खुलाइएको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा छ । तर, रातिमा जोखिम देखिएकाले यातायात रोक्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?