+
+
Shares

स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस 

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते २०:१६

५ असोज, काठमाडौं । अतिरक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।

को हुन् मिश्रा ?

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र स्वास्थकर्मीका साथै कुशल व्यवस्थापक पनि हुन् । कोरोना महामारीले देश आक्रान्त भएका बेला कोशी अस्पतालको नेतृत्व गरेर डा. मिश्रले आफूलाई अब्बल सावित गरेकी थिइन् ।

आम नागरिकलाई महामारीबाट जोगाउन उनले गरेको योगदानले देशभर चर्चा पाएको थियो ।

कोशी अस्पतालबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी पाएसँगै उनले नेपालमा पहिलो पटक ह्युमन मिल्क बैंक अर्थात् अमृत कोषको अवधारणा ल्याइन् ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै डा. मिश्र हाल स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?