
६ असोज, काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी आज (घटस्थापना)देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेखि रुट परमिट खुला गरिएको हो ।
कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट-काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ ।
आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4