+
+
Shares

स्वयंसेवक दिवसमा ४५ घर निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १३:०८

६ असोज, विराटनगर । स्वयंसेवक दिवसमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ४५ विपन्न परिवारका लागि घर निर्माण गरेको छ ।

आइतबार विभिन्न स्थानका ४५ अतिविपन्न परिवारका लागि श्रमदान गरेर घर निर्माण गरेको हो । टिनको छाना हालेर बाँस र काठ प्रयोग गरेर घर निर्माण गरेको थियो ।

जीवन विकास लघुवित्तको प्रवर्द्धक संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते सबै शाखा कार्यालयहरुले श्रमदान गरेर ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जनकारी दिए ।

जीवन विकासका १६० वटा शाखा कार्यालयहरू छन् ।

स्वयंसेवक दिवसमा श्रमदान मार्फत ४५ विपन्न परिवारका लागि घर र जेनजी आन्दोलनका क्रममा भत्काइएको ४ वटा प्रहरी विट निर्माण गरेको उनले बताए ।

उनका अनुसार विभिन्न १०५ स्थानमा वृक्षरोपण तथा सरसफाई गरिएको थियो । लघुवित्तले २ वटा नगरपालिकाको कार्यालय र ३ वटा वडा कार्यालयहरु पनि सरसफाइ गरेको उनले बताए ।

२०७२ सालमा सदस्य सम्मेलन मार्फत जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि निरन्तर स्वयंसेवक दिवस मनाउँदै आएको छ ।

‘समाजमा श्रमदानको संस्कृति विकास गर्ने उदेश्यले स्वयंसेवक दिवस घोषणा गरेर मनाउन थालिएको हो,’ मण्डलले भने, ‘स्वयंसेवक दिवस श्रमदानमार्फत समाज सेवा गर्ने माध्यम पनि हो ।’ उनका अनुसार पछिल्लो समय नेपालमा स्वयंमसेवकको रुपमा श्रमदान गर्ने संस्कृतिको विकास भइरहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशमा ३ लाख ५५ हजार बढी सदस्यको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले विभिन्न सामाजिक अभियान पनि सञ्चालन गरिरहेको उनले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?