+
+
Shares

प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरस्थित प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र १३ राउण्ड गोलीसहित २४ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ।
  • दीपक राईलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको ठैबाबाट पक्राउ गरेको हो।
  • उनले जेनजी आन्दोलनको क्रममा उक्त प्रहरी कार्यालयमा लुटपाट गरेको आरोप छ र अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

६ असोज, काठमाडौं । ललितपुरस्थित प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र १३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर भएका २४ वर्षीय दीपक राई छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको ठैबबाट पक्राउ गरेको हो ।

जेनजी आन्दोलनको क्रममा उनले उक्त प्रहरी कार्यालयमा लुटपाट गरेको आरोप छ ।

प्रहरीले उनको कोठाबाट २ थान पेस्तोल, २ थान म्याग्जिन र १३ राउण्ड गोली बरामद गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध हातहतियार ताथ खरखजनाको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?