+
+
Shares

जेनजी शहीदलाई सम्झिएर भक्कानिए उद्योगमन्त्री सिन्हा

भने- उहाँहरुको योगदान खेर जाँदैन

राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएर पदभार ग्रहणका लागि उद्योग मन्त्रालय पुगेका मन्त्री सिन्हाले बोल्दाबोल्दै भक्कानिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त मन्त्री अनिल कुमार सिन्हाले तीन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
  • मन्त्री सिन्हाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई सम्झँदै भावुक बनेका छन्।
  • उहाँले जेनजीले दिएको आहूति र देन खेर नजाने प्रतिवद्धता जनाउनुभएको छ।

६ असोज, काठमाडौं। तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनिल कुमार सिन्हाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई सम्झिएर भावुक बनेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएर पदभार ग्रहणका लागि उद्योग मन्त्रालय पुगेका मन्त्री सिन्हाले बोल्दाबोल्दै भक्कानिएका हुन् ।

उनले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको केही तस्वीरहरू हेरेर अहिले पनि पीडा महसुस भएको बताए । उनले भने, ‘जेनजी आन्दोलनका केही फोटोहरू देखेको छु मैले। झल्झलती याद आउँछ मलाई।’

उनले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली व्‍यक्त गर्दै आगामी दिनमा जेनजीले दिएको आहूति र देन खेर नजाने प्रतिवद्धता जनाए। ‘उहाँहरूप्रति  पहिला म हार्दिक श्रद्धाञ्जली व्‍यक्त गर्न चाहन्छु। सायद अब उहाँहरूले दिनुभएको आहूति र देन खेर जाँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?