+
+
Shares

चुनावमा सबैको सहयोग प्राप्त हुने निर्वाचन आयोगको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
  • निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सामग्री मौज्दातमा रहेको र स्वदेशी सामग्रीलाई प्राथमिकता दिइने बताए।
  • प्रधानमन्त्री सुशीला कार्कीले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउने र निर्वाचन तयारी तत्काल अगाडि बढाउन आयोगलाई आग्रह गरेकी छन्।

७ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने चुनावमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

निर्वाचन आयोगले निकालेको विज्ञप्ति अनुसार छलफलमा प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको बताए ।

मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने उनको प्रतिवद्धता छ । यसक्रममा भण्डारीले चुनावमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् ।

निर्वाचन आयोगले निकालेको विज्ञप्ति उल्लेख भएअनुसार भण्डारीले सरकारलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गर्दै निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री सुशीला कार्कीले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गर्ने प्रतिवद्धता जनाएकी छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आयोगलाई आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?