+
+
Shares

कक्षा ६ मा अध्ययनरत छात्राद्वारा स्वरबद्ध माता जगदम्बाको भजन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर निस्ट स्कुलका कक्षा ६ का छात्रा सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईले स्वरबद्ध माता जगदम्बाको भजन सार्वजनिक गरेका छन्।
  • भजन 'अम्बे ! अम्बे ! जय अम्बे ! जय जगदम्बे !' दशैंको घटस्थापनाको अवसरमा युट्युबमा सार्वजनिक गरिएको छ।
  • पत्रकार डीआर आचार्यले रचना गरेको भजनमा राजेन्द्र सुवेदीले संगीत भरेका छन् र केवशराज भट्टले म्युजिक भिडियो निर्देशन गरेका छन्।

काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीनजना छात्राद्वारा स्वरबद्ध माता जगदम्बाको भजन सार्वजनिक भएको छ ।

भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वरमा रहेको उक्त भजन गीत दशैंको घटस्थापनाको अवसरमा युट्युबमा सार्वजनिक गरियो ।

आयोजित कार्यक्रममा प्रिन्सिपल दिलिप रानाले औपचारिक रुपमा भजन सार्वजनिक गरे । छात्राहरूले राम्रो भजन गाएको र यसले विद्यालयका अरु बालबालिकालाई पनि प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।

भजनमा बालबालिकाले आफूहरुले जानेर या नजानेर गरिरहेको भक्तिलाई बुझेर दर्शन दिन देवी मातासँग प्रार्थना गरेका छन् । उनीहरुले देवी जगदम्बासँग ज्ञानको भिक्षा पनि मागेका छन् । सबै जीव देवी माताकै सन्तान भएको र हरेक जीवमा माताकै अंश रहेको कुरालाई भजनले मूल रुपमा उजागर गरेको छ ।

पत्रकार डीआर आचार्यले रचना गरेको भजनमा राजेन्द्र सुवेदीले संगीत भरेका छन् । भजनको म्युजिक भिडियोको निर्देशन केवशराज भट्टले गरेका हुन् ।

’अम्बे ! अम्बे ! जय अम्बे ! जय जगदम्बे !’ शीर्षकमा रहेको भजनमा संगीतकार सुवेदीको पनि स्वर छ । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भजनको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् भने रेकर्डिस्ट शंकर लिम्बु हुन् ।

भजनको प्रोडक्सन म्यानेजर नथुनी जैसवाल छन् । म्युजिक भिडियोमा डीआर आचार्य एवं गायिका सौम्या, आरोशी र विदिताले अभिनय गरेका छन् ।

छायांकन अजय रेग्मीले गरेका हुन् । शृंगारमा विमला तामाङ छिन् । दीपक विष्टले सम्पादन गरेको भिडियोको पोस्ट-प्रोडक्सन प्रफिट मिडिया प्रालिले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?