
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा भीर भासिएर मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खसेपछि राजमार्ग पूर्ण अवरुद्ध भएको छ।
- बुधबार बिहान साढे ६ बजेदेखि पहिरो हटाउन चार डोजर प्रयोग गरिएको भए पनि वर्षा भएपछि काम रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
- राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र पोखराबाट नारायणगढतर्फ जाने र फर्कने सवारी साधन र यात्रुहरू सडकमै अलपत्र परेका छन्।
८ असोज, चितवन । पानी पर्न थालेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाउने कार्य रोकिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा भीर नै भासिएर सडकमा खसेपछि मंगलबार अपरान्हदेखि राजमार्ग पूर्ण अवरुद्ध छ ।
बुधबार बिहान साढे ६ बजेदेखि ४ वटा डोजर/मेसिन प्रयोग गरेर पहिरो हटाउन थालिएको वर्षा हुन थालेपछि अहिले काम रोक्नु परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरीको समन्वयमा पहिरो पन्छाएर यातायात सुचारु गराउने प्रयास भइरहेपनि पहिरो खस्न नरोकिँदा समस्या भइरहेको हो ।
तुइन खोलामा ठूलो भीर नै सडकमा खसेकाले पन्छाउन समय लाग्ने देखिएको छ । राजमार्ग अवरुद्ध काठमाडौं र पोखराबाट नारायणगढतर्फ जाँदै गरेका सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् ।
यस्तै नारायणगढतिरबाट काठमाडौं र पोखरातर्फ जान लागेकाहरू पनि सडकमै अलपल छन् ।
दशैंका बेला काठमाडौं जोडिने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा यात्रुले सास्ती व्यहोर्नु परिरहेको छ ।
तुइनखोलामा लगातार पहिरो खसिरहेपछि प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4