+
+
Shares

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १५:१६

८ असोज, काठमाडौं । निर्वाचन आयोग निर्वाचन कार्यतालिका निर्माणमा जुटेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बुधबारदेखि आयोग कार्यतालिका निर्माणमा जुटेको हो ।

‘निर्वाचनका लागि सामग्री संकलनदेखि दल दर्ता, उम्मेदवारी दर्ता, उम्मेदवारको प्रचारप्रसार, मतदान र निर्वाचनको नतिजा सार्वजनिकसम्मको कार्ययोजना बनाउने कार्यमा प्रारम्भिक छलफल सुरु भएको छ’ ,घिमिरेले अनलाइनखबरसँग भने । कार्ययोजना अनुसार तालिका बनेर सार्वजनिक हुनेछ ।’

सरकारले हालै मतदाता संकलनका लागि बाटो खोल्दै अध्यादेश ल्याएको छ । अध्यादेश अनुसार कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर कार्यविधि आयोगले बजानेछ । यो कार्यविधि पनि आयोगले छिट्टै बनाउने र कार्यान्वयनमा लैजाने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?