
News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिमका २४ नेपाली कांग्रेस नेताले विशेष महाधिवेशनको विपक्षमा हस्ताक्षर गरेर आपत्ति जनाएका छन्।
- नेताहरूले विशेष महाधिवेशनले पार्टी एकता कमजोर हुने ठहर गर्दै भ्रम सिर्जना गर्ने गतिविधि रोक्न अपील गरेका छन्।
- विपक्षी नेताहरूमा सुदूरपश्चिमका कार्यवाहक सभापति लोकराज अवस्थी र मुख्यमन्त्री कमलबहादुर शाह छन्।
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिमका नेताहरु विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।
विशेष महाधिवेशनको माग राख्दै पार्टीभित्र हस्ताक्षर अभियान सुरु भएसँगै त्यसको विरुद्धमा सुदूरपश्चिमका नेताहरू देखिएका हुन् ।
बुधबार सुदूरपश्चिमका २४ नेताले हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षरप्रति आपत्ति जनाएका हुन् । हस्ताक्षर गर्नेमा केन्द्रीय देखि प्रदेश तहका नेताहरू छन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनले पार्टीभित्र एकता कमजोर हुने उनीहरूले ठहर छ ।
‘यस अवस्थामा पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर सङ्कलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र पार्टीभित्र एकता कायम हुन नदिने जस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन लोकतन्त्र नै समाप्त हुने भएकाले सबै साथीहरू सचेत र सजग रहन अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
सभापति शेरबहादुर देउवाले अर्को महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने भनिसकेको हुँदा त्यसप्रति मनन गर्न पदाधिकारी र सदस्यले मनन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
विशेष महाधिवेशनका विपक्षमा विज्ञप्ति निकाल्नेहरुमा सुदूरपश्चिमका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशिला मिश्र र नृपबहादुर वड, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, कैलाली सभापति एवं राष्ट्रिय सभा सदस्य सदस्य नारायणदत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटी लगायत छन् ।
विज्ञप्ति निकाल्नेहरू पार्टी सभापति देउवा पक्षधर हुन् ।
प्रतिक्रिया 4