+
+
Shares

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको छ।
  • शर्मालाई सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो र उनीविरुद्ध २२ अर्बभन्दा बढी सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको छ।
  • सीआईबीले शर्मालाई यसअघि १२ असार २०८० मा भारतको मुम्बईबाट पनि पक्राउ गरेको थियो।

८ असोज, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए ।

उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

सहकारी ठगीमा फरार भएका शर्मालाई यसअघि सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।

सहकारी ठगीका साथै उनीविरुद्ध २२ अर्ब भन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?